सिद्धबाबालाई समात्न सकेन प्रहरीले, अस्पतालमै छाडेर फर्कियो

Newslaya Home

सिद्धबाबालाई समात्न सकेन प्रहरीले, अस्पतालमै छाडेर फर्कियो

आइतबार १५, मङि्सर २०७६

विराटनगर । साधु बाबा कृष्णदासलाई पक्राउ गर्नका लागि विराटनगरको विराट नर्सिङहोम पुगेको प्रहरी पक्राउ नगरी फर्किएको छ । आइतबार बलात्कार आरोपी सिद्धबाबा कृष्णदासलाई पक्राउका लागि डीएसपी बिनोद शर्मा नेतृत्वको प्रहरी टोली पक्राउ नै नगरी फर्र्किएको हो ।

सिद्धबाबालाई अदालतमा पेस गर्नका लागि दिनभर पर्खिएको प्रहरी टोली उनलाई पक्राउ गर्न नसकेपछि करिब तीन बजे सुनसरी फर्किएको हो । विराट नर्सिङहोमले गिरीलाई हृदयघात भएको बताउँदै आइसियूमा भर्ना गरेपछि प्रहरी फकिएको प्रहरी कार्यालय सुनसरीका डीएसपी शर्माले जानकारी दिए ।

आइतबार बिहान आफ्ना सुभचिन्तक र अनुयाायीसँग गफ गरिरहेका सिद्धबाबालाई कबिर ११ बजे आइसीयूमा भर्ना गरिएको थियो ।

आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबालाई अस्पतालबाटै अदालत लैजान भन्दै डिएसपीको नेतृत्वमा प्रहरी टोली पुगेको थियो ।

उपचारमा संलग्न चिकित्सक डाक्टर ज्ञानेन्द्र गिरीले माइनर हर्ट अट्याक भएपनि जोखिम उच्च भएका कारणले आफूले रिक्स लिन नचाहेको बताएका छन् ।

बलात्कारको आरोप लागेपछि कृष्णदास अस्पताल भर्ना भएका थिए । उनीमाथि उनकै एक अनुयायीले आश्रममा बलात्कार गरेको भन्दै उजुरी दिएकी छिन् ।