बेलबारीको विद्यालयमा मृत आत्मालले दुःख दिएपछि मध्यरातमा धामी

Newslaya Home

बेलबारीको विद्यालयमा मृत आत्मालले दुःख दिएपछि मध्यरातमा धामी

आइतबार १५, मङि्सर २०७६

विराटनगर । मोरङको बेलबारीमा रहेको एक सामुदायिक विद्यालयमा मध्यरातमा धामी बसेको छ ।

विद्यार्थीमा अनौठो समस्या देखिएपछि विद्यालयमै धामी बसेको हो । अध्ययनका लागि आएका छात्रामा टोलाउने बेहोस हुने र शौचालयमा अनौठो दृष्य देखिएपछि बेलबारी नगरपालिका ६ मा रहेको विरेन्द्र माध्यमिक विद्यालयमा शनिबार राति धामी राखिएको हो ।

भोजपुरबाट बोलाइएका ती धामीले राति १२ बजेसम्म पुजा गरेको स्कुलका प्राध्यानाध्यापक तीर्थबहादुर राईले जानकारी दिए ।

शौचालय गएर फर्कने छात्रामा टोलाउने, बिरामी हुने, वान्ता हुने समस्या देखिएपछि शुक्रबार धामीलाई जोखाना देखाइएको थियो । जोखाना देखाउँदा जागित्र (मृतआत्मा) रहेको बताएपछि धामी राखिएको थियो । शुक्रबार स्कुल बिदा गरेर धामी राखिएको र धामी राखेपछि आइतबार विद्यार्थीहरुमा कुनै समस्या नदेखिएको बताइएको छ ।