कास्कीमा स्व. रवीन्द्रकी श्रीमती विद्याको जित

Newslaya Home

कास्कीमा स्व. रवीन्द्रकी श्रीमती विद्याको जित

आइतबार १५, मङि्सर २०७६

काठमाडौ । कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा की विद्या भट्टराईले जित हात पारेकी छिन् । प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खेमराज पौडेललाई आठ हजार ४०३ मतन्तरले पराजित गरेकी हुन् ।

ताप्लेजुङमा २०७५ साल फागुन १५ गतेको हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि उक्त क्षेत्र रिक्त रहँदै आएको थियो । सोही पदमा उनकी श्रीमती विद्या चुनाव लडेकी थिइन् ।

तत्कालीन एमालेको भातृ संगठन अनेरास्ववियुको महासचिवमा अधिकारी हुँदा विधा भट्टराई सचिव थिइन् । श्रीमानको राजनीतिक यात्रा भने त्यस पश्चात सक्रिय रह्यो भने विधाको राजनीतिक यात्रामा ब्रेक नै लाग्यो तर श्रीमान्लाई साथ सहयोग भने सधै दिई नै रहेकी थिइन् ।

स्व. रविन्द्र अधिकारीले कास्की २ बाट लगातार ३ पटक जितेका थिए । यो पटक उनकै श्रीमती विद्यालाई संसद प्रवेश गराउन भारी मतले जिताएका हुन् ।