धरानमा मतगणना जारी, मतान्तर नेकपाले घटायो

Newslaya Home

धरानमा मतगणना जारी, मतान्तर नेकपाले घटायो

आइतबार १५, मङि्सर २०७६

धरान । धरान नगरपालिकाको मेयर पदका लागि भएको उपनिर्वाचनको हालसम्मको ताजा मतपरिणम अनुसार नेपाली कांग्रेसका उम्मेदवार तिलक राई अगाडी देखिएका छन् ।

उनको पछि पछि नेपाल कम्युनिष्ट पार्टीका प्रकाश राई रहेका छन् । कांग्रेसका तिलकले १०९९२ र नेकपाका १०५१७ मत रहेको छ । अहिले कांग्रेसँग नेकपाको अन्तर ४७७ रहेको छ । यसअघि ७०० भन्दा बढी मतान्तरले काँग्रेस अघि थियो ।