छैटौंपटक बालोन डी‘ओर जित्दै मेस्सी !

Newslaya Home

छैटौंपटक बालोन डी‘ओर जित्दै मेस्सी !

आइतबार १५, मङि्सर २०७६

एजेन्सी । बालोन डी‘ओर अवार्डको नतिजा लीक भएको छ । डिसेम्बर २ मा घोषणा हुने नतिजा एक दिनअगाडि नै लीक भएको हो ।

यस अवार्डका लागि नेदरल्याण्डका स्टार खेलाडी भर्जिल भान डाइक, अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई मुख्य दाबेदारका रूपमा हेरिएपनि सबैलाई उछिन्दै बार्सिलोनाका कप्तान मेस्सीले सो अवार्ड जित्ने सुचना बाहिरिएको छ । लीक भएको नतिजामा ३२ वर्षीय मेस्सीले युभेन्टसका फरवार्ड रोनाल्डो र भर्जिल भान डाइकलाई उछिन्दै यो अवार्ड जितेका छन् ।

मेस्सी पहिलो हुँदा भान डाइक दोस्रो तथा महोमद सालाह तेस्रो भएका छन् ।