खोटाङमा चार वटा एक्स्काभेटरमा आगजानी

Newslaya Home

खोटाङमा चार वटा एक्स्काभेटरमा आगजानी

आइतबार १५, मङि्सर २०७६

खोटाङ । खोटाङमा शनिबार राति चार वटा एक्स्काभेटरमा आगजानी भएको छ । दिक्तेल–चखेवाभञ्ज्याङ खण्डमा कालोपत्रेको काम गरिरहेको गोल्डेन गुड शेर्पा कन्ट्रक्सनको एक्स्काभेटरमा आगजनी भएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८, दोर्पाचिउरीडाँडाको लप्सेखोला र पंखुखोलाबीचमा राखिएका तीन वटा र चखेवाभन्ज्याङबाट २ किलोमिटर भोजपुरतर्फ राखिएको एउटा स्काभेटर जलाइदिएको कम्पनीका प्रतिनिधिले जानकारी दिएका छन् ।

शनिबार राति ९ बजेसम्म काम गरेका कामदार सुतेपछि १२ देखि १ बजेको बीचमा एक्स्काभेटरमा आगजनी भएको जनाइएको छ । पेट्रोल हालेर जलाइएका कारण चार वटै एक्स्काभेटर काम नलाग्ने अवस्थामा पुगेको छ प्रहरीले जनाएको छ।

आगजनी कसले गरेको हो भन्ने खुल्न नसकेको र आगजनीमा संलग्नको खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।