धरानमा नेकपा भन्दा कांग्रेस अगाडि

Newslaya Home

धरानमा नेकपा भन्दा कांग्रेस अगाडि

आइतबार १५, मङि्सर २०७६

धरान । धरान उपमहानगरपालिकाको मेयरका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ। प्रारम्भिक मतगणनामा कांग्रेसका उम्मेदवारले अग्रता बनाएका छन् ।

मतगणना अनुसार कांग्रेसका उम्मेदवार तिलक राईले अहिलेसम्म ६८५७ मत प्राप्त गरेका छन् भने नेकपाका उम्मेदवार प्रकाश राईले ६४२३ मतप्राप्त गरेका छन्। अहिलेसम्म २०,१९ र १८ वडाको मतगणना सकिएको छ।