पाँचथरमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, चार जना घाइते

Newslaya Home

पाँचथरमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, चार जना घाइते

आइतबार १५, मङि्सर २०७६

पाँचथर । फिदिम नगरपालिका–१४ मा रहेको भालुखोपमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

भालुखोपबाट लुङरुप्पा भन्ने ठाँउतर्फ जाँदै गरेको मे १ त ५७८१ नम्बरको ट्र्याक्टर आइतबार अनियन्त्रित भएर सडकबाट झण्डै २५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । दुर्घटना ट्याक्टरका चालक १८ वर्षीय अविनास राईको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

ट्र्याक्टर दुर्घटनाबाट घाइते भएका ४ जनाको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको जनाइएको छ ।