बाबा कृष्णदास गिरीलाई हर्टअट्याक भएको भन्दै आइसियूमा भर्ना

Newslaya Home

बाबा कृष्णदास गिरीलाई हर्टअट्याक भएको भन्दै आइसियूमा भर्ना

आइतबार १५, मङि्सर २०७६

विराटनगर । बलात्कारको आरोप लागेपछि अस्पताल भर्ना भएका कृष्णदास बाबा सिकिस्त बिरामी भएको भन्दै आइसियूमा भर्ना भएका छन् ।

सुनसरी प्रहरीले आइतबार(आज) कृष्णदास बाबालाई नियन्त्रणमा लिएर अदालतमा लगी बलात्कार आरोपमा म्याद थप गराउन तयारी गरेको छ । उनलाई नियन्त्रणमा लिएर जिल्ला अदालत सुनसरी लग्न डिएसपी विनोद शर्माको टोली विराटनगरस्थित विराट नर्सिङ होममा पुगेको छ । तर, बाबा अकस्मात आइसियूमा भर्ना भएपछि प्रहरी अन्यौलमा परेको छ ।

उनलाई हर्ट अट्याक भएपछि आइसियूमा भर्ना गरिएको अस्पतालका वरिष्ठ मुटु रोग विषेशज्ञ डाक्टर ज्ञानेन्द्र गिरीले बताएका छन् । सुनसरीको वराहक्षेत्र नगरपालिका–१ चतराधामस्थित आश्रममा बस्दै आएका महाराज कृष्णदास गिरी बलात्कारको आरोप लागेपछि १२ मंसिर दिउँसो उपचारका लागि विराटनगरस्थित विराट नर्सिंङ होममा उपचारका लागि भर्ना भएका थिए ।

उनी अस्पतालको दोस्रो तलामा रहेको गाइनो वार्डमा रहेको ५ नम्बर क्याविनमा उपचारत थिए ।

सुनसरीको वराहक्षेत्र नगरपालिका–२ चराराधामस्थित आश्रममा बस्दै आएका कृष्णदासले आफूलाई ४ कात्तिक २०७६ मा बलात्कार गरेको भन्दै उनी अनुयायी महिलाले प्रहरीमा किटानी जाहेरी दिएकी छन् ।