सुन्दरहरैंचामा चोरी हुनबाट जोगिए एक बालक

Newslaya Home

सुन्दरहरैंचामा चोरी हुनबाट जोगिए एक बालक

आइतबार १५, मङि्सर २०७६

विराटनगर । मोरङको सुन्दरहरैंचामा एउटा बच्चा चोरी हुनबाट जोगिएको छ। सुन्दरहरैंचा वडा– २ करैबना टोलमा शनिबार साँझ ९ महिनाका बच्चा रिसम भगतलाई सेतो पलाष्टिकको बोरामा हालेर लादै गर्दा आमा अनिसा भगतले छोरालाई बचाउन सफल भएकी हुन् ।

घरमा बच्चा सुताएर आफु धारामा पानी लिन जादाँ भारतीय मुलुकको एक महिला र एक पुरुषले बच्चालाई बोरा हालेर भाग्दै गरेको देखेपछी पछ्याउदै घर देखी पर सुनसान खेतमा आमा अनिसाले गुहार माग्दा माग्दै बच्चालाई खोस्न सफल भइन।

गाउँले जुटेपछि बच्चा चोरहरु भाग्न सफल भएका थिए। चोरीमा संलग्नहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
एक हप्ता अगाडि पनि दिउँसो भारतीय मुलुकका अपरिचित एक महिला र एक पुरुष घरमा आएर श्रीमानको बारेमा सोधी खोजी गरेको अनिसाले बताइन ।