अमेरिकामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

Newslaya Home

अमेरिकामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

आइतबार १५, मङि्सर २०७६

काठमाडौं । अमेरिकाको साउथ डकोटा राज्यमा भएको विमान दुर्घटनामा नौ जनाको मृत्यु भएको छ। हिउँआँधिमा परेर विमान दुर्घटनामा परेको स्थानीय उद्धारकर्मीले जनाएका छन् । विमानमा यात्रारत अरु तीन जना सख्त घाइते भएका छन् ।

एकल इन्जिनको पिलाटस पिसी–१२ नामको उक्त विमान शनिबार च्याम्बरलेन बिमानस्थलबाट उडेको केही समयभित्रै दुर्घटनाग्रस्त भएको अमेरिकी संघीय उड्डयन कार्यालयले जनाएको छ।

विमानमा कूल १२ जना सवार थिए । उक्त विमान छिमेकी इडाहो राज्यको इडाहो फल्स क्षेत्रीय विमानस्थलतर्फ उडिरहेको थियो ।मृत्यु हुनेहरुमा दुई बालबालिका तथा विमानका पाइलट समेत रहेका छन् ।

अमेरिकी नागरिक उड्डयन कार्यालयले विमान दुर्घटनाका बारेमा छानबिन थालेको जनाएको छ।