धरानबाट तेह्थुम हिडेको टाटासुमो दुर्घटना, चार जना घाइते

Newslaya Home

धरानबाट तेह्थुम हिडेको टाटासुमो दुर्घटना, चार जना घाइते

आइतबार १५, मङि्सर २०७६

धरान । धरान–१३ स्थित अमरहाटमा टाटा सुमो गाडी दुर्घटना भएको छ ।धरानबाट तेह्रथुम जाँदै गरेको को १ ज २८९२ नम्बरको टाटा सुमो दुर्घट्ना भएर पल्टिएको हो । दुर्घटनामा परी ४ जना घाइते भएका थिए ।

घाइते भएकाहरुलाई उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । गाडीमा सवार एक वृद्धा गम्भीर घाइते भएकी छिन् । गाडीमा सवारहरु बिहेको लागि जादै गरेका थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।