सुनको भाउ बढ्यो

Newslaya Home

सुनको भाउ बढ्यो

आइतबार १५, मङि्सर २०७६

काठमाण्डौ । आइतवार(आज) सुनको भाउ बढेको छ । आज छापावाल सुन प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी नेपाली बजारमा आइतवार तेजावी सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार, आइतवार चाँदीको भाउ भने स्थिर छ । चाँदी आइतवार प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।