पोखरामा ढिस्कोले पुरिँदा पाँचजनाको मृत्यु

Newslaya Home

पोखरामा ढिस्कोले पुरिँदा पाँचजनाको मृत्यु

आइतबार १५, मङि्सर २०७६

पोखरा । पोखरामा नाली खन्ने क्रममा झरेको ढिस्कोले पुरिँदा पाँचजनाको मृत्यु भएके छ । पोखरा महानगर–२० मौजामा बाटो निर्माणको क्रममा पर्खाल लगाउँदै गर्दा माथिबाट झरेको ढिस्कोमा पाँचजना पुरिएका थिए।

२ जना ढिस्को खस्दाखस्दै भाग्न सफल भएको र ५ जना पुरिएको कास्की प्रहरीले जनाएको छ । पुरिने सबै सल्यान जिल्फाका हुन् । पुरिनेमा जोगेन्द्र बुढाथोकी, खिमलाल वली, गणेश वली, तोभान बस्नेत र बिजबहादुर बस्नेत रहेको जनाइएको छ ।

महानगरपालिकाको कनेक्टिभिटी रोड योजना अन्तर्गत काम भइरहेको थियो । घटनाको थप विवरण आउन बाँकी छ ।