कुनै महिलालाई दुर्व्यवहार गर्दिनँ, बरु लिङ्ग नै काटिदिन्छु’; कृष्णदास

Newslaya Home

कुनै महिलालाई दुर्व्यवहार गर्दिनँ, बरु लिङ्ग नै काटिदिन्छु’; कृष्णदास

आइतबार १५, मङि्सर २०७६

इटहरी । चतरा धामका साधु कृष्णदासजी महाराजले बलात्कार गरेको स्वीकार्दै क्षमा मागेको अडियो रेकर्ड सार्वजनिक भएको छ ।

उक्त घटनाबारे सार्वजनिक भएको अडियो रेकर्डमा कृष्णदासले अबका दिनमा कुनै महिलालाई दुव्र्यवहार नगर्ने बरु ग्यारेण्टीका लागि आफ्नो लिङ्ग काटेर फालिदिने बताएका छन् ।

बलात्कार आरोप लगाएर उजुरी गर्ने महिलासँगको संवादको अडियो रेकर्डमा कृष्णदासले माफी मागेका छन् । त्यसपछि महिलाले ‘अब हजुर सुध्रिन हुन्छ, हजुरले अर्को नारीलाई शोषण गर्नुहुन्न भन्ने के ग्यारेण्टी ?’ भनेर सोधेकी छिन् ।

जवाफमा उनले, ‘कदापि गर्दिनँ । सबै ग्यारेण्टी लिन्छु । म यो लिङ्ग काटेर फालिदिन्छु ।’ भनेका छन् ।

उनले आफू जेल जाने ठूलो कुरा नभएको बताउँदै अनर्थ हुने र धेरैको मृत्यु हुने चेतावनी दिएका छन् । उनले भनेका छन्, ‘मैले घरमा बसे पनि आश्रम बसे पनि जेल बसे पनि कुनै फरक पर्ने कुरो होइन तर अनर्थ अर्को छ । भयानक अनर्थ छ । कुनै हालतमा रोकिँदैन यसलाई मान ।’

यसअघि महिलाले कृष्णदासलाई पटकपटक भेट्ने, चुम्बन गर्ने, अङ्कमाल गर्ने इच्छा व्यक्त गर्दै गरेको म्यासेज सार्वजनिक भएको थियो ।

बलात्कारको उजुरीपछि कृष्णदासजी अहिले विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा छन् । उनलाई पक्रनको लागि पक्राउ पुर्जी प्राप्त गर्ने प्रक्रियामा रहेको सुनसरी प्रहरीले बताउँदै आएको छ ।