मोरङको धनपालथानमा कांग्रेस उम्मेदवार निर्वाचित

Newslaya Home

मोरङको धनपालथानमा कांग्रेस उम्मेदवार निर्वाचित

आइतबार १५, मङि्सर २०७६

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–२ मा उपनिर्वाचनको मतगणना सम्पन्न भएको छ ।

शनिबार अध्यक्ष पदका लागि भएको धनपालथान वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार नारायण प्रसाद साह विजयी भएका छन् ।

वडाको कुल ४ हजार ७४ मतदातामध्ये ३ हजार २ सय ८४ मत खसेकोमा १ हजार ७ सय १ मतसहित कांग्रेस उम्मेदवार साह विजयी भएका हुन् ।

३८ मत बदर भएको उक्त वडामा नेकपाका पंकज मण्डलले १ हजार ४९७ मत पाएका छन् भने राप्रपा संयुक्तका उम्मेदवार ज्योति पासवानले २४, जनमत पार्टीकी चनरादेवी मण्डलले ९, नेपाल लोकतान्त्रिक पार्टीका देवनारायण मण्डलले ८, मंगोल नेशनल अर्गनाइजेशनका मेघनाथ पासवानले ७ मत प्राप्त गरेका थिए ।