सुनसरी दुर्घटनाका तस्वीर : एम्बुलेन्समै च्यापिएर मरे ७ जना

Newslaya Home

सुनसरी दुर्घटनाका तस्वीर : एम्बुलेन्समै च्यापिएर मरे ७ जना

आइतबार १५, मङि्सर २०७६

इटहरी । सुनसरीको हरिपुरमा शनिबार राती भयानक दुर्घटना भएको छ । ट्रक र एम्बुलेन्स ठोक्किँदा एम्बुलेन्समा सवार सातै जनाको मृत्यु भएको छ ।

वीरगंजबाट आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकले उदयपुर जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्समा च्यापिएर सातै जनाको ज्यान गएको हो ।

एम्बुलेन्समा सवार सातै जनाको घटनास्थलमै मृत्यु भएको प्रदेश एक ट्राफिक प्रहरी प्रमुख भीम दाहालले जानकारी दिए ।

विराटनगरको गोल्डेन अस्पतालमा उपचारको क्रममा शिवमाया राईको मृत्यु भएको थियो । उनको शव बोकेर एम्बुलेन्स उदयपुरतर्फ जाँदै थियो । मध्यरातमा हुस्सु लागेको कारण भिजिविलिटीमा समस्या भई सवारीसाधन जुधेको हुनसक्ने अनुमान गरिएको छ ।

शवलाई अहिले जिल्ला अस्पताल इनरुवामा राखिएको छ ।

1 प्रतिकृयाहरू प्राप्त
  • Sagar Mehtaलेख्नुहुन्छ
  • |
  • आइतबार १५, मङि्सर २०७६
दुःखद समाचार