सुनसरीमा ट्रक र एम्बुलेन्स ठोक्किँदा सात जनाको मृत्यु

Newslaya Home

सुनसरीमा ट्रक र एम्बुलेन्स ठोक्किँदा सात जनाको मृत्यु

आइतबार १५, मङि्सर २०७६

इटहरी । सुनसरीको हरिपुरमा ट्रक र एम्बुलेन्स ठोक्किँदा एम्बुलेन्समा सवार सातै जनाको मृत्यु भएको छ ।

शनिबार राति वीरगंजबाट आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकले उदयपुर जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परि एम्बुलेन्समा सवार सातै जनाको घटनास्थलमै मृत्यु भएको प्रदेश एक ट्राफिक प्रहरी प्रमुख भीम दाहालले जानकारी दिए ।

मृत्यु हुनेमा उदयपुर त्रियुगा नगरपालिका–१० घर भएका राजेश दनुवार, दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई, दिनेश राई र शिवमाया राई रहेको जनाइएको छ ।