भोजपुरको पौवादुङमा–१ मा नेकपा उम्मेदवार विजयी

Newslaya Home

भोजपुरको पौवादुङमा–१ मा नेकपा उम्मेदवार विजयी

आइतबार १५, मङि्सर २०७६

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका –१ मा उपनिर्वाचनको मतगणना सम्पन्न भएको छ ।

शनिबार वडा अध्यक्ष पदको लागि भएको उपनिर्वाचनमा नेकपाका उम्मेदवार जितेन्द्र राई भारी मतले विजयी भएका हुन् ।

कुल एक हजार ६१६ जना मतदाता रहेको उक्त वडामा नौ सय ६५ मत खसेको थियो । नेकपा उम्मेदवार राईले ६९१ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सम्मरबहादुर कार्कीले २५४ मत प्राप्त गरेका छन् ।

मंगोल नेसनल अर्गजनाईजेसनका उम्मेदवार कला राईले तीन मत प्राप्त गरिन् । कांग्रेसको गढ मानिदै आएको उक्त वडामा यस अगाडि नेपाली कांग्रेसले नै जितेको थियो ।