संखुवासभाको खाँदबारी–३ मा नेकपाका उम्मेदवार घिमिरे निर्वाचित

Newslaya Home

संखुवासभाको खाँदबारी–३ मा नेकपाका उम्मेदवार घिमिरे निर्वाचित

आइतबार १५, मङि्सर २०७६

संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका वडा नम्बर ३ मा उपनिर्वाचनको मतगणना सम्पन्न भएको छ ।

वडा अध्यक्ष पदको लागि शनिबार भएको उपचुनावमा नेकपाको उम्मेदवार भरत घिमिरे विजयी भएका हुन् ।

८ मत बदर भएको उक्त वडामा घिमिरेले ७९६ मत ल्याएर विजयी भएका छन् भने कांग्रेसका उम्मेदवारले ४६७ मत प्राप्त गरेका थिए ।