नवलपुरको बौँदीकाली–५ मा नेकपाका उम्मेदवार खरु मगर निर्वाचित

Newslaya Home

नवलपुरको बौँदीकाली–५ मा नेकपाका उम्मेदवार खरु मगर निर्वाचित

आइतबार १५, मङि्सर २०७६

नवलपरासी । पूर्व नवलपुरको बौँदीकाली गाउँपालिका वडा नम्बर ५ मा उपनिर्वाचनको मतगणना सम्पन्न भएको छ ।

वडाध्यक्ष पदका लागि भएको उपचुनावमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार खिमबहादुर थापा खरु मगर विजयी भएका हुन् ।

आफ्ना प्रतिद्वन्द्वी तुलबहादुर रानालाई १ सय ३६ मत अन्तरले पराजित गर्दै खरु मगरले ३ सय ६७ मत प्राप्त गरेका थिए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार तुलबहादुर रानाले २ सय ११ मत प्राप्त गरेका छन् ।