बैतडीको दुईवटै वडामा कांग्रेसको जित

Newslaya Home

बैतडीको दुईवटै वडामा कांग्रेसको जित

आइतबार १५, मङि्सर २०७६

बैतडी । बैतडीको बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ र दोगडा केदारमा मत गणना सम्पन्न भएको छ ।

शनिबार भएको बैतडीको उपचुनावमा दुइवटै वडामा कांग्रेस विजयी भएको भएको हो ।

सुर्नया गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्रबहादुर चन्दले उपनिर्वाचनमा नेकपाका उमेदवारलाई झिनो मतले हराउँदै विजयी भएका छन् ।
राप्रपाको समर्थन नेकपा बिच यो पटकको चुनाव कडा प्रतिस्पर्धा रहेको थियो । यसअघी भएको स्थानिय निर्वाचनमा कांग्रेसले जितेको सो वडामा यो पटक पनि कांग्रेस नै विजयी भएको हो ।

६१९ मतदाता रहेको उक्त वडामा २२८ महिला र २१० पुरुष गरी ४३८ मत खसेको हो । ४ मत बदर भएको कांग्रेस उमेद्वार ४ मतले विजयी हुँदा नेकपा उम्मेदवारले २१५ मत प्राप्त गरेका थिए ।

त्यस्तै दोगडा केदारमा पनि नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
आफ्ना प्रतिष्पर्धी नेकपाका उमेद्वारलाई एक सय मतले पछाडी पार्दै कांग्रेस उम्मेदवार सुरेन्द्र भट्ट विजयी भएका हुन् । भट्टले ५८४ ल्याउदा नेकपाको उमेद्वारले ४८४ मत मात्र प्राप्त गरेका थिए ।