कृष्णदासले बलात्कार गरेको स्वीकारेको अडियो रेकर्ड सार्वजनिक, होला त जेल सजाय ?

Newslaya Home

कृष्णदासले बलात्कार गरेको स्वीकारेको अडियो रेकर्ड सार्वजनिक, होला त जेल सजाय ?

शनिबार १४, मङि्सर २०७६

इटहरी । चतराका साधु कृष्णदासजी महाराजले बलात्कार गरेको स्वीकार गरेको अडियो रेकर्ड सार्वजनिक भएको छ । न्युज २४ मा प्रसारित सिधा कुरा जनतासँग कार्यक्रममार्फत् रेकर्ड बाहिरिएको हो ।

बलात्कार गरेको उजुरी दिएकी महिलाले उपलब्ध गराएको डेढ घण्टा लामो अडियो रेकर्डमा उनले बलात्कार गरेको स्वीकार गरेको पाइएको छ । अडियो रेकर्डमा कृष्णदासले ‘मबाट गल्ती भयो, उजुरी फिर्ता लिइदेऊ माफ गरिदेऊ’ भनेको अडियो प्रशारण भएको हो । यद्यपी यो रेकर्ड वास्तविक हो वा होइन, निश्चित भइसकेको छैन ।

उजुरी दर्ता भएपछि कृष्णदासले महिलालाई गरेको फोन रेर्कडमा पटक पटक आँफूबाट गल्ती भएकाले क्षमा माग्दै कारवाही रोक्न आग्रह गरेका थिए ।

पीडित महिलाले कृष्णदासलाई पूर्ण रुपमा भगवान मानेकाले दशैंमा टीका लगाउन गएको समयमा एक्लै भेटघाट गरी आफूलाई जबरजस्ती करणी गरेता पनि डर त्रासका कारण तत्कालै सार्वजनिक गर्न नसकेको बताउँछिन् ।

उनले हरेक प्रकारबाट आफू गलत भएको, महान दोषी भएको स्वीकार गरेका छन् । यति मात्रै होइन उनले, ‘अहिले तिम्रो हातमा छ । तर, २४ घण्टापछि तिम्रो हातमा पनि हुँदैन । मेरो अपराधलाई क्षमा गर’ भनेका छन् ।

आफूमाथि गत कात्र्तिंक ७ गते चतरास्थित आश्रममै बलात्कार भएको आरोप लगाउने महिलाले मंगलबार सीआइबीमा उजुरी दिएकी थिइन् । उजुरी परेको सार्वजनिक भएसँगै कृष्णदासजी विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना भएका थिए भने त्यहाँ उनले आफु निकट व्यक्तिहरुलाई राखेर घटना मिलाउन प्रयास गरेका थिए । अर्कोतिर उजुरी दिने महिलाले एकतर्फी पठाएका प्रेम प्रस्तावका म्यासेजहरु बाहिरिएका थिए ।

निकै विवादै विवादमा मुछिँदै आएका उनको यो घटनाको पर्दाफास भएसँगै पक्राउ भइ जेल सजाय हुनसक्ने देखिएको छ ।

भिडियो :