किरिया पुत्रीले समेत मतदात गरेको धरानमा ५९ प्रतिशत मत खस्यो

Newslaya Home

किरिया पुत्रीले समेत मतदात गरेको धरानमा ५९ प्रतिशत मत खस्यो

शनिबार १४, मङि्सर २०७६

धरान । सुनसरीको धरान उप महानगर प्रमुख र वडा नम्बर सातको अध्यक्ष पदका लागि भएको उपनिर्वाचन सम्पन्न भएको छ ।

२८ मतदानस्थल र ९९ मतदान केन्द्र रहेको धरान उपमहानगरपालिकाको वडा नम्बर ७ मा किरिया पुत्रीले समेत गरेका छन् ।

आमाको निधनमा ८ दिनदेखि किरिया बसिरहेका मोती सुबेदी र उनकी श्रीमती ममता सुबेदीले धरान ७ को सिद्धि नेवाः परिसदको ‘ख’ मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

धरानका  तत्कालिन मेयर तारा सुब्बा र वडा नं ७ का अध्यक्ष भुवन मोक्तानको एक बर्ष कार्यकाल नबित्दै निधन भएपछि अहिले पुनः उपनिर्वाचन गरिएको हो । मेयर पदका लागि दलका १३ जना र स्वतन्त्र गरी धरानमा २३ जनाको उमेद्धारी परेको धरानको उपनिर्वाचनमा कुनै अप्रिय घटना नभएको हो ।

कुल ९२ हजार ८ सय ५३ मतदाता रहेको मध्ये धरानमा ५५ हजार १ सय ६३ मत अर्थात् ५९ प्रतिशत मात्र मत खसेको निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिए ।
दलहरुको सहमति अनुसार आजै राती १० बजेबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना गरिने निर्वाचन आयोगले जनाएको छ ।