उदयपुरमा भीरबाट खसेर एक नाबालकको मृत्यु

Newslaya Home

उदयपुरमा भीरबाट खसेर एक नाबालकको मृत्यु

शनिबार १४, मङि्सर २०७६

उदयपुर । उदयपुरको धारापानी गैरा स्थित भीरबाट खसेर एक नाबालकको मृत्यु भएको छ ।

शुक्रबार साँझ लिम्चुङबुङ गाँउपालिका–३ सिम्ले घर भएका भरत बहादुर मगरको १० वर्षीय छोरा ओपे भनिने गणेश बहादुर मगरको भीरबाट खसेर मृत्यु भएको हो ।

नाबालक मगरको मानसिक सन्तुलन ठिक नभएको स्थानीयले बताएका छन् ।
घटनाबारे जनाकारी पाउन साथ प्रहरीको टोली घटनास्थलमै पुगेर कानुनी कारबाहीका साथ अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय लिम्चुङबुङले जनाएको छ ।