मोरङको केराबारीमा फुड एण्ड म्युजिकल फेस्टिबल सुरु

Newslaya Home

मोरङको केराबारीमा फुड एण्ड म्युजिकल फेस्टिबल सुरु

शनिबार १४, मङि्सर २०७६

केराबारी । मोरङको केराबारी गाउँपालिकामा केराबारी फुड एण्ड म्युजिकल फेस्टिबल तथा टुरिजम फेयर सुरु भएको छ ।

पर्यटकिय क्षेत्रको प्रचार प्रसार गर्दै आन्तरीक पर्यटन प्रर्बद्धन गर्ने उदेश्यले गाउँपालिकाको सहयोग तथा होटल व्यवसायी संघ केराबारीद्धारा आयोजित उक्त फेस्टिबल मंसिर १४ देखि २४ गतेसम्म सञ्चालन हुने भएको हो ।

केराबारीको मच्छिन्द्र चोकदेखि पूर्वपट्टि रहेको सडक पेटिमा एकहप्ता सम्म संञ्चालन हुने सो फुट फेस्टिबलमा स्थानीय मौलिक परिकारका खाना तथा भोजन सहित जातिय सास्कृतिक परिकारका खानेकुराहरुको आर्काषण हुने भएको बताइएको छ ।

‘आन्तरीक पर्यटनको विकास गरौं, समुन्नत समाजको निर्माण गरौं, नयाँ स्वाद र परिकार सहितको पर्यटन प्रर्बद्धन, समृद्ध केराबारी हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ आयोजना हुन लागेको सो फुड फेस्टिबलमा स्थानीय पर्यटकिय क्षेत्रको सम्भावना तथा पहिचान भैसकेका ठाउँहरुमा पर्यटकहरुको व्यवस्थापन गर्न होमस्टे संगै मोटर बाटो व्यवस्थापनको काम पनि भइरहेको गाउँपालिकाका अध्यक्ष रोहित बहादुर कार्कीले बताए ।

राष्टिय तथा अन्तराष्टिय स्तरमा यहाँका जौविक सास्कृतिक तथा पर्यटकिय क्षेत्रको प्रर्वद्धन गर्दै आन्तरीक पर्यटकहरुलाई बढी भन्दा बढी उपस्थित गराउन तथा पर्यटनमा प्रर्बद्धन गर्न प्याराग्लाइडिङ, साइकिलिङ, हाइकिङ, चित्रकला कार्यशाला, फोटो प्रदर्शन आदि समेत समेटिएको आयोजकले जनाएको छ ।