धरानको मतगणना तयारीमा सिसिटिभी जडान

Newslaya Home

धरानको मतगणना तयारीमा सिसिटिभी जडान

शनिबार १४, मङि्सर २०७६

धरान । सुनसरीको धरान उपमहानगर पालिका प्रमुख र वडा नम्बर सातमा अध्यक्षका लागि उपनिर्वाचनको मतदान भएको छ ।

शान्तिपुर्ण रुपमा गरिएको मतदानमा मतदाताहरुले साँझ ५ बजेसम्म मतदान गर्ने व्यवस्था गरिएको हो ।

मतदान सम्पन्न भए पश्चात मतगणनास्थलमा कडा सुरक्षाका लागि २ वटा सिसिटिभी राखेर निगरानी गरिने भएको छ । धरान १५ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणनास्थलको तयारी गरिएको हो ।

मतगणना गर्ने गणक र उम्मेदवारका प्रतिनिधिहरुबीच घेराबारा (ब्यारियर) राखिएको छ । विवादले मतपत्र च्यातिने सम्भावना भएकोले गणक कर्मचारी र उम्मेदवार प्रतिनिधिको बीचमा घेराबारा राखिएको मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिए ।

गएको स्थानीयतह निर्वाचन २०७४ मा चितवनको भरतपुरमा मतगणना भइरहदा दलका प्रतिनिधिहरुले मतपत्र च्यातेका थिए । त्यसपछि नै मतगणना भइरहदा दलका प्रतिनिधि र गणक कर्मचारीबीच घेराबारा राख्न थालिएको छ।

बिहान ११ बजे ३० प्रतिशत सम्म मत खसेको धरानको उपनिर्वाचनमा दिउसो २ः३० बजेको समयमा ४५ प्रतिशत मत खसेको निर्वाचन आयोगको कार्यालय धरानले जनाएको छ ।