बाबु आमाको सम्झनामा विद्यार्थी लाई सम्मान

Newslaya Home

बाबु आमाको सम्झनामा विद्यार्थी लाई सम्मान

शनिबार १४, मङि्सर २०७६

प्रकाशपुर । जय वहादुर र कृष्ण कुमारी वस्नेत स्मृति समाजले दुई जना विद्यार्थी लाई सम्मान गरेको छ ।

शुक्रवार प्रकाश उच्च माविमा कक्षा ११ र १२ मा सर्वउत्कृष्ट अङ्क ल्याउने छात्र र छात्रा लाई नगत र प्रशंसा पत्रले सातौ स्मृति दिवसको अवसर पारेर सम्मान गरिएको हो ।

समाज बाट सम्मानीत हुनेमा भविन्द्र वहादुर विष्ट र अन्जीना वराल रहेका छन् ।
सम्मानीत द्धयले नगत रु १ हजार ५ सय ५१ र प्रशंसा पत्र बाट सम्मानीत भएका हुन् । शिक्षा सँग सम्वन्धित रहेको स्मृति समाजले ग्रमिण क्षेत्रमा रहेका वालवालीकाहरु लाई थप हौसला प्रधान गर्न समाजले वार्षिकरुपमा आठौ वर्ष देखी विद्यार्थी लाई सम्मान गर्दै आएको समाजका संस्थापक अध्यक्ष हुमरजंग वस्नेतले बताए ।

वस्नेतले आफना बाबु आमाको सम्झनामा श्राद्ध तिथि नगरीकन विद्यार्थी लाई सम्मान गरेर आफुले बाबु आमालाई सम्झने गरेको बताए ।
कार्यक्रम्मा वोल्दै प्रकाश उच्चमावि प्रअ चुडामणी खनाल , शिक्षक नुरुदिन अन्सारी , मणिड तामाङ्ग , खगिन्द्र मिश्र र देवि वहादुर विष्ट लगायतले वस्नेत र वस्नेतको परीवार शिक्षा प्रेमी र समाज सेवि भएकैले राम्ररो कामलाई निरन्तरता दिएको बताए । संस्थापक वस्नेतले आउने दिनमा कोष लाई बढाएर थप अरु विद्याथी लाई समेत समाजले सम्मान गर्न बताए ।