समय आएपछि यथार्थ बोल्छु : कृष्णदास

Newslaya Home

समय आएपछि यथार्थ बोल्छु : कृष्णदास

शनिबार १४, मङि्सर २०७६

इटहरी । कृष्णदासले आफूमाथि झुटो आरोप लगाइएको बताएका छन् । शुक्रबार अस्पतालमा उनले समय आएपछि सबैलाई बोलाएर यथार्थ जानकारी दिने बताएका हुन् । उनले भने ‘मैले बोल्ने समय आएको छैन, सही समय आएपछि तपाईंहरू सबैलाई बोलाएर के भएको हो बोल्छु’ ।

आफूमाथि लागेको बलात्कारको आरोपबारे अनुसन्धान गर्न बाधा नगरेको र नगर्ने पनि कृष्णदासले बताए । अस्पतालमा उनलाई भक्त र सहयोगीले सुरक्षा दिइरहेका छन् । अस्पतालमा प्रहरीको उपस्थिति छैन । मोरङ प्रहरीले उनलाई सुरक्षा दिन र पक्राउ गर्न कुनै निर्देशन नआएको जनाएको छ ।