अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिए पछि विवाद

Newslaya Home

अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिए पछि विवाद

शनिबार १४, मङि्सर २०७६

पोखरा । पोखरा महानगरपालिका–३३ बरपाण्डे थुम मतदानस्थलमा मतदान अधिकृतले हस्ताक्षर नगरिएको एउटा मतपत्र भेटिएको छ ।

शनिबार (आज) कास्की क्षेत्र नं. २ को उपचुनावका क्रममा २४१ औं मतदाताले मत हाल्न खोज्दा हस्ताक्षर नभएको मतपत्र भेटिए पछि विवाद भएको थियो ।

अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि बिरोध र होहल्ला भएको हुँदा केही समय मतदानसमेत रोकिएको थियो ।
सर्वदलीय बैठकमा मतदान प्रतिनिधि र दलीय प्रतिनिधिबीच प्रमाण दाँजेर हेर्दा उक्त मतपत्र सदर गर्ने सहमतिपछि मतदान प्रकियाले निरन्तरता पाएको हो ।

उक्त घटनाको सहमति .जुटे पछि मतदान प्रकृया अघि बढाइएको निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिए ।