शिक्षिका र प्रधानाध्यापकको र्दुव्यवहारका कारण छात्रले गरे आत्महत्या

Newslaya Home

शिक्षिका र प्रधानाध्यापकको र्दुव्यवहारका कारण छात्रले गरे आत्महत्या

शनिबार १४, मङि्सर २०७६

काठमाण्डौ । भारतको लुधियानास्थित कलेजका एक विद्यार्थीले झुण्डिएर आत्महत्या गरेका छन् । मृत्यु हुनेमा ११ कक्षाका १७ बर्षीय धनञ्जय तिवारी रहेका छन् । उनले मृत्यु हुनुअघि भिडियो बनाए जसमा उनले प्रधानाध्यापक र शिक्षिकालाई दोषी बताएका छन् ।

कलेजमा शिक्षिका र प्रधानाध्यापकले छोटो पाइन्ट र हेयर स्टाइलका लागि बारम्बार बेल्टले कुटेको र पाइन्ट उतारेका कारण दुःखी भएका धनञ्जयले शुक्रबार राती आत्महत्या गरेका हुन् ।

शुक्रबार धनञ्जयकी आमाछतमा जाँदा छोरालाई झुण्डिरहेको र तड्पिरहेको अवस्थामा देखिन् । उनको अस्पताल पुर्याउने बेला बाटोमा नै मृत्यु भएको भारतीय संचार माध्यमले बताएका छन् । पुलिसले प्रधानाध्यापक सरोज शर्मा, निर्देशक प्रभुदत्त र शिक्षिका पुनमविरुद्ध मुद्दा दर्ता गरिएको छ । सबै आरोपी फरार छन् ।

धनञ्जयका पिता बृजराम तिवारीले बताए अनुसारशिक्षिका पुनमले उनलाई हेयर स्टाइल र छोटो पाइन्ट लगाएको भन्दै बेल्टले पिट्ने गर्थिन् । पुनमले धनञ्जयकी आमालाई स्कूलमा बोलाएर उनको अगाडि पनि पिटेकी थिइन् । जब आमाले विरोध गरिन् तब उनलाई धक्का दिएर निकालियो । प्रधनञ्जयले यो सहन सकेनन् ।

बिहिबार उनी स्कूल गएनन् र केही पनि नखाई यत्तिकै बसिरहे । आमालाई छतमा गएर एकछिन पढ्ने र त्यसपछि मात्रै तल झर्ने उनले बताए । धेरै बेरसम्म कोठामा नआएपछि आमा कौसीमा जाँदा छोरालाई झुण्डिएको अवस्थामा भेटिन् ।