दुहबी–कटहरी प्रशारण लाइन भूमिगत गरिंदै

Newslaya Home

दुहबी–कटहरी प्रशारण लाइन भूमिगत गरिंदै

शनिबार १४, मङि्सर २०७६

विराटनगर । दुहबी–कटहरी ३३ केभी विद्युत प्रसारण लाइनको तारलाई भूमिगत बनाउने कार्य अन्तिम चरणमा पुगेको छ । टावरबाट विद्युत प्रशारण लगाइनको तार लैजान अवरोध गरेका मोरङको ग्रामथान गाउँपालिका–५ गिधनीयाका केही स्थानीयले भूमिगत बनाए लैजाने योजनामा समेत विरोध जनाएका थिए ।

पटक–पटक छलफल गर्दा समेत स्थानीयले अवरोध कायमै राखेपछि बिहिबारदेखि बल प्रयोग गरेर बस्ती रहेको साढे दुई किलोमिटर क्षेत्रमा भूमिगत रुपमा तार विछ्याउन थालिएको हो ।

खाल्डो खनेर पाइप विछ्याउने कार्य शनिबारसम्ममा सकिने नेपाल विद्युत प्राधिकरण १ नम्बर प्रदेश कार्यालयका प्रमुखले जानकनरी दिएका छन् । ६ महिना अघि नै सम्पन्न हुने प्रशारण लाइन निर्माणको काम स्थानीयको विरोधका कारण रोकिएको थियो ।

जनताको कुरा नसुनि प्रहरीले बल प्रयोग गरेर तार विछ्याउने काम गरेको स्थानीयले गुनासो गरेका छन् । पाइप विछ्याउने कार्य सकिएपछि उच्च गुणस्तरको आर्मर केबुल पाइपभित्र जडान गरिनेछ । डेढ किलोमिटरमा प्रशारण लाइनको तार भूमिगत गर्न करीव ४ करोड रुपैयाँ लाग्ने छ ।