बिराटनगरमा हेलिप्याडसहितको नयाँ सभाहल निर्माण हुने

Newslaya Home

बिराटनगरमा हेलिप्याडसहितको नयाँ सभाहल निर्माण हुने

शनिबार १४, मङि्सर २०७६

विराटनगर । विराटनगरमा शहरी विकास मन्त्रालयको लगानीमा नयाँ सभाहल निर्माण हुने भएको छ । विराटनगरको बैजनाथपुरमा अढाइ विघा क्षेत्रफलमा ८० करोडको लागतमा १७ सय क्षमताको चार तल्ले सभाहल निर्माण हुन लागेको हो ।

भवनमा १५ सय क्षमताको ठूलो एउटा सभाहल साथै एक–एक सय क्षमताका दुई वटा सभाहल रहने जनाइएको छ । योजना अनूसार हेलिप्याडसहितको हुने सभाहलमा अन्डरग्राउण्डमा एकै पल्ट साढे २ सय कार पार्किङ्ग गर्न मिल्नेछ भने ५ सय बढी मोटरसाइकल पार्किङ्गको क्षमता रहनेछ ।