पाँचथरमा मतदान हुँदै, मन्त्री नेम्बाङले गरे मतदान

Newslaya Home

पाँचथरमा मतदान हुँदै, मन्त्री नेम्बाङले गरे मतदान

शनिबार १४, मङि्सर २०७६

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–१ को वडाध्यक्ष पदका लागि भइरहेको उपचुनावमा भौतिक पूर्वधार तथा यातायात मन्त्री वशन्तकुमार नेम्बाङले गृहनगर फिदिम पुगेर मतदान गरेका छन् ।

३७ जिल्लाका ५२ स्थानमा शनिबार भइरहेको उपनिर्वाचनमा पाँचथर जिल्लाका तीन रित्त स्थानहरुमा पनि उपनिर्वाचन भइरहेका छन् । यी तीनै स्थानमा बिहान ७ बजेदेखिनै मतदान चलिरहेको छ । जिल्लाको तीन स्थानमध्ये फिदिम नगरपालिका–१ मा मन्त्री नेम्बाङले मतदान गरेका हुन् ।

यस वडामा ३ हजार ६ सय ७६ जना मतदाता रहेका छन् । वडाध्यक्ष पदका लागि ७ जना चुनावी मैदानमा प्रतिस्पर्धा गर्दैछन् ।