संखुवासभाका ११ वटै मतदानस्थलमा मतदान सुरु

Newslaya Home

संखुवासभाका ११ वटै मतदानस्थलमा मतदान सुरु

शनिबार १४, मङि्सर २०७६

संखुवासभा । संखुवासभाको दुई स्थानीय तहमा शान्तिपूर्ण मतदान भइरहेको छ। मकालु गाउँपालिकाको अध्यक्ष पद र खाँदबारी नगरपालिका ३ को अध्यक्ष पदका लागि मतदान जारी रहेको जिल्ला निर्वाचन कार्यालय संखुवासभाले जानकारी दिएको छ ।

शनिबार बिहान १० बजे सम्ममा २० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । खाँदबारी ३ स्थित महेन्द्र मावि मानेभञ्ज्याङमा क र ख मतदान केन्द्रमा बिहान ७ बजे देखि मतदान सुरु भएको छ।

यस्तै मकालु गाउँपालिकाको ९ वटा मतदानस्थलका ११ वटा मतदान केन्द्रमा मतदान सुरु भएको प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलालले बताए। जिल्लाका १० ओटै मतदान स्थलमा शान्तिपूर्ण ढंगले मतदान सुरु भएको प्रजिअ दुलालले बताए । उपनिर्वाचन हुने मकालु गाउँपालिकामा ९ हजार १ मतदाता रहेका छन् भने खाँदबारी नगरपालिका–३ मा १ हजार ८ सय २२ मतदाता छन् ।

मकालु गाउँपालिका अध्यक्ष पदका लागि सत्तारुढ दल नेकपा सहित सात दलको उम्मेद्धवारी परेको छ। भने खाँदबारी–३ को वडा अध्यक्ष पदका लागि नेकपा र कांग्रेस दुई दलको मात्र उम्मेद्धवारी छ।