हरर चलचित्र ‘घर’ युट्युबमा सार्वजनिक (चलचित्रसहित)

Newslaya Home

हरर चलचित्र ‘घर’ युट्युबमा सार्वजनिक (चलचित्रसहित)

शनिबार १४, मङि्सर २०७६

काठमाण्डौ । हरर चलचित्र ‘घर’ युट्युबमा सार्वजनिक भएको छ । चलचित्र ‘घर’ शुक्रबार युट्युबमा सार्वजनिक गरिएको हो ।

साउन ३ गते रिलिज भएको यस चलचित्रमा अपर्ण थापा ,सुरक्षा पन्त र बिनिष हमालको अभिनय रहेको छ । यस चलचित्रमा एक घरभित्र मान्छे मरेपछि हुने भुत–प्रेतको कथा देखाइएको छ । चलचित्रमा अभिनेत्री सुरक्षा पन्तले अर्पणको श्रीमतिको भूमिका निभाएकी छिन् ।

चलचित्रमा अर्पण र सुरक्षाका साथ अभिनेत्री बेनिशा हमाल, अस्मिता खनाल, सरोज अर्याल, सृष्टि महर्जन र विकास खनालको लगायत कलाकारहरुको प्रमुख भूमिका रहेको छ । चलचित्रलाई निरज कँडेलको छायांकन गरेका छन् भने अर्पण थापाले निर्देशन गरेका छन् । चलचित्र शर्मिला पाण्डेलले निर्माण गरेकी हुन् ।