मलेसियामा एक नेपाली कामदारको मृत्यु

Newslaya Home

मलेसियामा एक नेपाली कामदारको मृत्यु

शनिबार १४, मङि्सर २०७६

काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया गएका एक नेपाली कामदारको मृत्यु भएको छ ।

मलेसियाको सेलाङ्गरस्थित पुचुङमा स्पेसल स्क्वाइड सेक्युरटिीमा काम गर्दै आइरहेका सल्यानको शारदा नगरपालिका–४ साइलाकम्द घर भएका ३१ वर्षीय प्रदिप बस्नेतको शुक्रबार मृत्यु भएको हो ।

चिकित्सकले हर्टअट्याक भएको बताएका उनको अचानक मुटु दुखेपछि अस्पताल लाने तयारी गर्ने क्रममा मृत्यु भएको उनका दाइ मोहनले बताए ।
तीन वर्षअघि मलेसिया पुगेका बस्नेत कार्यअवधि सकिए पनि पुनः एक वर्ष थप गरेर काम गर्दै आएका थिए ।