तेह्रथुमको सौरेनी डाँडामा पर्यटकको नजर

Newslaya Home

तेह्रथुमको सौरेनी डाँडामा पर्यटकको नजर

शनिबार १४, मङि्सर २०७६

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका नजिकै निर्माणाधीन सौरेनी डाँडा पर्यटकको रोजाइमा पर्न थालेको छ ।

कोशीराजमार्गदेखि करिब ९ किलोमिटरको दुरीमा रहेको डाँडामा स्थानीय सरकारले भौतिक संरचना साथै पिकनिक स्पोट निर्माण सुरु गरेपछि पर्यटकहरु आकर्षित हुन थालेका हुन् ।

चारैतिर टहराहरु बनाइएका डाँडा हरियाली वनपाखाको काखमा रहेको छ ।
निर्माणाधीन स्पोटमा ४ वटा ब्लक स्थापना गरी फरक फरक प्रकृतिका रमाणीय स्थल निमार्ण गरिने छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले जानकारी दिए ।