धरानमा उपनिर्वाचनको मतदान सुरु

Newslaya Home

धरानमा उपनिर्वाचनको मतदान सुरु

शनिबार १४, मङि्सर २०७६

धरान । सुनसरीको धरान उपमहानगर पालिका प्रमुख र वडा नं ७ को अध्यक्ष पदको लागि मतदान सुरु भएको छ ।

शनिबार (आज) बिहान ७ बजेदेखि नै धरानको विभिन्न मतदात केन्द्रहरुमा उपनिर्वाचनको मतदान सुरु गरिएको हो ।

धरानका मेयर तारा सुब्बा र वडा नं ७ का अध्यक्ष भुवन मोक्तानको एक बर्ष कार्यकाल नबित्दै निधन भएपछि अहिले उपनिर्वाचन भइरहेको हो ।

धरानको वडा नं १८, कार्मेल हाइस्कुलस्थित मतदान केन्द्रमा पुगेर नेकपाका मेयर पदका उम्मेद्वार प्रकाश राई र स्वतन्त्र उमेद्वार हर्क साम्पाङले मत खसाइ सकेको जनाइएको छ । नेपाली कांग्रेसका उम्मेदवार तिलक राईको समेत सोही मतदान केन्द्र भए पनि उनी दिउँसो मात्र मतदान गर्न आउने भएका छन् ।

नगर प्रमुखमा ११ स्वतन्त्रसहित २३ जना र वडा नं ७ मा ४ जना अध्यक्षका प्रत्यासी रहेका छन् । २८ मतदानस्थलमा ९९ मतदान केन्द्र रहेको धरानमा २०७४ मा ७९ हजार २ सय ८२ मतदाता संख्या रहेका थिए ।
अहिले कुल ९२ हजार ८ सय ५३ मतदाता रहेको धरानमा अघिल्लो स्थानीयतह निर्वाचन २०७४ को भन्दा १३ हजार ५ सय ७१ बढी मतदाता संख्या रहेको निर्वाचन कार्यालयले जनाएको छ ।