दाङको घोराहीमा बम बिस्फोट

दाङ । दाङको घोराही उपमहानगरपालिका–१६ स्थित बाहुन डाँडामा बम विष्फोट भएको छ ।
शनिबार (आज) बिहान जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १६ अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी बम विस्फोट गराइएको हो ।
बिस्फोटबाट कुनै क्षति नभए पनि कसले के बिस्फोट गराएको हो भन्ने खुलेको छैन ।
उक्त स्थानमा सुरक्षाकर्मीको टोली पुगेर अनुसन्धान थालेको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिए ।
दाङमा क्षेत्र नम्वर ३ (ख) मा प्रदेशसभा र घोराही वडा नम्बर १६ अध्यक्षका लागि आज मतदात हुँदैछ ।