एबुलेन्स दुर्घटनामा परि एक जनाको मृत्यु, चार घाइते

Newslaya Home

एबुलेन्स दुर्घटनामा परि एक जनाको मृत्यु, चार घाइते

शनिबार १४, मङि्सर २०७६

प्यूठान । प्यूठानको एबुलेन्स धुवाङ स्थित एबुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार ऐरावती गाउँपालिकाको बरौलाबाट धुवाङ जाँदै गरेको धुवाङ स्वास्थ्य चौकीको रा १ च ७६४ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा ऐरावती–५ जाडीका २८ वर्षीय रेशम थापाको मृत्यु भएको हो ।

सडकबाट करिव पाँच सय मिटर तल खोलामा खसेको एम्बुलेन्स दुर्घटनामा परि अन्य चार जना घाइते भएको बताइएको छ ।
घाइते मध्ये धुवाङकै प्रदिप थापा, होतराज थापा, खेमराज थापालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ भने लक्ष्मण थापाको प्यूठान अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।