कास्कीको एक मतदान केन्द्र नजिक बम विष्फोट

Newslaya Home

कास्कीको एक मतदान केन्द्र नजिक बम विष्फोट

शनिबार १४, मङि्सर २०७६

पोखरा । कास्कीको शान्ति मावि मतदान केन्द्र नजिकै बम विष्फोट भएको छ ।

आज बिहान करिब ७ बजेर ४५ मिनेटमा कास्कीको वडा नम्बर १६ मा रहेको शान्ति मावि मतदान केन्द् नजिकै बम विष्फोट भएको हो ।

समाजवादी पार्टीका उमेदवार ईन्जिनियर धर्मराज गुरूङले मतदान गर्ने मतदान केन्द्र समेत रहेको उक्त स्थानमा मतदान केन्द्र भन्दा केहि टाढा विष्फोटको भएको प्रहरीले जनाएको छ ।
मतदातालाई त्रसित गराउनका लागि विष्फोट गराए पनि सुरक्षा व्यवस्था झन कडा बनाइएको भन्दै प्रहरीले निर्धक्क भएर मतदान गर्न मतदातालाई अपिल गरेको छ ।