चुनावको अघिल्लो रात धरानको ठिंगाबारीमा के पड्कियो ?

Newslaya Home

चुनावको अघिल्लो रात धरानको ठिंगाबारीमा के पड्कियो ?

शुक्रबार १३, मङि्सर २०७६

धरान । निर्वाचनको अघिल्लो रात धरान ५ स्थित ठिंगाबारीमा विष्फोट भएको छ । बम भएको अनुमान गरिएपनि प्रहरीले भने पटाका मात्र भएको जानकारी दिएको छ ।

घटनालगत्तै घटनास्थलमा पुगेको सुरक्षाकर्मीको टोलीले टिनको बट्टामा ३, ४ वटा पटका पड्काएको जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीले शनिबार ढुक्क भएर मतदान गर्न सर्वसाधारणहरुलाई आग्रह गरेको छ ।