कहाँ छन् अहिले कृष्णदासजी महाराज ?

Newslaya Home

कहाँ छन् अहिले कृष्णदासजी महाराज ?

शुक्रबार १३, मङि्सर २०७६

विराटनगर । बलात्कार आरोप लागेका चतराका कृष्णदासजी महाराज यतिबेला कहाँ छन् सर्वत्र चासोको विषय बनेको छ ।

उनी पक्राउ परेको हल्ला चलिरहँदा उनी भने विराटनगरस्थित विराट नर्सिङ होम छन् ।

उनी दिउँसो सुटुक्क उपचारका लागि विराटनगरको विराट नर्सिंङ होम पुगेका हुन् । मुटुमा समस्या आएपछि उनी उपचारका लागि भर्ना भएको बताइएको छ ।

तर हाल उनको अवस्था समान्य छ । उनी बलात्कार आरोपका विषयमा सहयोगीहरुसँग छलफल गरिरहेका छन् । सुनसरी प्रहरीले महिलाको जाहेरी दर्ता गरी कृष्णदासलाई निगरानीमा राखेको जानकारी दिएको छ ।

अदालतबाट पक्राउ पुर्जी आउनासाथ नियन्त्रणमा लिने बताइएको छ ।