भारतीय प्रहरीद्धारा चोरीको सुमोसहित झापाका दुईजनालाई पक्राउ

Newslaya Home

भारतीय प्रहरीद्धारा चोरीको सुमोसहित झापाका दुईजनालाई पक्राउ

शुक्रबार १३, मङि्सर २०७६

झापा । बंगालबाट सूमो गोल्ड गाड़ी चोरी गरेर भाग्दै गरेका दुई जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार प्रहरीलाई देखेर बि ७३ सी ६२७१ नम्बरको सुमो गाडी छाडेर भाग्न लागेका झापाको चारआलीका २५ वर्षिय उज्वल मगर र काँकडभिट्टा घर भएका कुमार क्षेत्रीलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवैलाई भारतको फारबिशजंज प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।