सर्लाहीको अस्पतालमा आगलागी हुँदा सात लाखको क्षति

Newslaya Home

सर्लाहीको अस्पतालमा आगलागी हुँदा सात लाखको क्षति

शुक्रबार १३, मङि्सर २०७६

सर्लाही । सर्लाहीको जिल्ला अस्पतालमा विद्युत सर्ट भई आगलागी हुँदा ७ लाखको क्षति भएको छ ।

शुक्रबार दिउँसो मलंगवामा रहेको जिल्ला अस्पतालमा आगलागी हुँदा एक थान कम्प्युटर, ल्यापटप दुई थान र फ्रिज एक थान, प्रोजेक्टर एक थान र ७५ हजार बराबरको औषधि जलेर नष्ट भएको हो ।

उक्त घटनामा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।