धरानको मुख्य नाका बन्द गरिँदै, अत्यावश्यक र पास लिएका सवारी मात्र चलाइने

Newslaya Home

धरानको मुख्य नाका बन्द गरिँदै, अत्यावश्यक र पास लिएका सवारी मात्र चलाइने

शुक्रबार १३, मङि्सर २०७६

धरान । धरान उपमहानगर पालिका प्रमुख र वडा नम्बर सातको अध्यक्षका लागि हुन लागेको उपनिर्वाचनलाई मध्ये नजर गर्दै मुख्य ४ नाका मध्यराती १२ बजेदेखि बन्द गरिने भएको छ ।

भोली शनिबार उपनिर्वाचनको मतदान सकिएपछि मात्र साँझ ७ बजेदेखि खुला हुने गरि बन्द गरिएको नाकामा अत्यावश्यक तथा अनुमति पत्र(पास) लिएका सवारीसाधनहरु मात्र चल्न पाउने भएको हो ।

धरान आउने सवारीसाधनलाई दक्षिणमा धरानको सिमाना रहेको तरहरासम्म मात्र गाडी आउन दिइनेछ भने पुर्वमा मोरङसँगको सिमाना चोक्टी, उत्तरमा धनकुटासँगको सिमाना भेडेटार र पश्चिममा बराहक्षेत्रको नडहामा नै रोकिने भएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख तथा डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

विवाह, एम्बुलेन्स, चिकित्सकको टोली भएको सवारीलाई धरानमा चल्न छुट दिइनेछ ।
तर खानेपानीको गाडीलाई भने अनुमति पत्र(पास) उपलब्ध गराएर मात्र चल्न दिइनेछ । आज राती १२ बजेदेखि भोली मतदान सकेपछि साँझ ७ बजेसम्म अन्य दुई पांग्रे, चार पांग्रे सवारीसाधनहरुलाई नाकामा प्रवेश निषेध गरिएको प्रहरी प्रशासनले जनाएको छ ।