९० हजार घुससहित प्रहरी निरीक्षक पक्राउ

सर्लाही । जनकपुरधाम उपमहानगरपालिका–८ बाट ९० हजार घुस रकमसहित प्रहरी निरीक्षकलाई पक्राउ गरिएको छ ।
बिहिबार ठगी मुद्दामा सहयोग गरिदिने भन्दै ९० हजार घुस लिएका जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक रामकिशोर साहलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।
घुस रकम बुझ्नकै लागि जनकपुरधाम आएका प्रहरी निरीक्षक साहलाई आवश्यक अनुसन्धान तथा कार्वाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धानको कार्यलय बर्दिबास लगिएको छ ।