अढाइ लाख घुससहित एक इन्जिनियर पक्राउ

Newslaya Home

अढाइ लाख घुससहित एक इन्जिनियर पक्राउ

शुक्रबार १३, मङि्सर २०७६

धनगढी । धनगढीस्थित शहरी विकास तथा भवन निर्माणका एक इन्जिनियर अढाइ लाख घुससहित पक्राउ परेका छन् ।

शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरबाट खटिएको टोलीले शहरी विकास तथा भवन निर्माणको संघीय आयोजना कार्यान्वयन इकाइका इन्जिनियर त्रिलोक जोशीलाई पक्राउ गरेको हो ।

जोशीले सेवाग्राहीबाट लिएको २ लाख ५० हजार रकम आफ्नो कार्यकक्षको टेबुलमुनी लुकाएका थिए ।
उक्त रकम सहित पक्राउ परेका जोशीलाई थप अनुसन्धानका लागि महेन्द्रनगर लगिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरले जनाएको छ।