इलामको माङसेबुङ स्थित बस दुर्घटना

Newslaya Home

इलामको माङसेबुङ स्थित बस दुर्घटना

शुक्रबार १३, मङि्सर २०७६

झापा । इलामको माङसेबुङ गाउँपालिका–३ स्थित चतुरे भन्ने ठाउँमा यात्रुवाहक बस दुर्घटना भएको छ ।

शुक्रबार करीब ११ बजेको समयमा फाल्गुनन्द मार्ग अन्तर्गत दमक तर्फ यात्रु बोकेर आउँदै गरेको अल्फाबेट नखुलेको ५६८८ नम्बरको बस पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी २ जना महिला घाइते भएका र अन्यको अवस्था सामान्य रहेको बताइएको छ । घाइते दुवैको हात भाँचिएको र टाउको फुटेको माङसेबुङ गाउँकार्यपालिका सदस्य सगीता राईले जानकारी दिइन् ।